काठमाडौं- भन्सार एजेन्टको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरिएको छ। भन्सार विभागले बिहीबार सूचना जारी गर्दै परीक्षा केन्द्र सार्वजनिक गरेको हो।
यही फागुन २८ गते दिउँसो २ बजे हुने परीक्षाको केन्द्र निर्धारण गरिएको हो। स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र लोकसेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड बमोजिम परीक्षा सञ्चालन हुने सूचनामा उल्लेख छ।
कोरोना संक्रमण भएकाहरूले पनि परीक्षा दिन सक्नेछन्। त्यसका लागि अघिल्लो दिन दिउँसो १ बजेभित्र विभागमा जानकारी दिनु पर्ने छ। त्यस्ता उमेदवारका लागि अलग परीक्षा केन्द्र रहने जनाइएको छ।