बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'पैसा खुवाएर खोलिएका मेडिकल कलेजलाई सम्बन्धन दिलाउन सरकारी मरिहत्ते'

'पैसा खुवाएर खोलिएका मेडिकल कलेजलाई सम्बन्धन दिलाउन सरकारी मरिहत्ते'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-कांग्रेस सभापति शेरबहादुर देउवाले पैसा खुवाएर खोलिएका मेडिकल कलेजहरूलाई सम्बन्धन दिलाउन सरकारले मरिहत्ते गरिरहेको बताएका छन् । 

'सारा पैसा उठाउँदै खाएका छन्,' देउवाले भने, 'पैसा खुवाएर खोलिएका मेडिकल कलेजहरूलाई सम्बन्धन दिन सरकार मरिहत्ते गरिरहेको छ सरकारले ।' आमरण अनशनरत डा. गोविन्द केसीका माग जायज भएकाले तत्काल पूरा गर्न सरकारलाई उनले आग्रह गरे । 

बीपी कोइरालाको ३६ औं स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय सानेपामा आयोजित सभालाई सम्बाधेन गर्दै देउवाले आफू नेतृत्वको सरकारले डा. केसीका माग पूरा गरेको उल्लेख गरे । माथेमा आयोगको प्रतिवेदनका आधारमा डा. केसीले विधेयक ल्याउन माग गरेको तथा उनीसँग छलफल र सहमति गरेरै अध्यादेश ल्याइएको देउवाले स्पष्ट पारे । 'डा. केसीका पक्षमा हामी छौं,' उनले भने ।

वर्तमान कम्युनिस्ट सरकार एकतन्त्रीय सर्वसत्तावादी शासन ल्याउन लागिपरेको उनले आरोप लगाए । भने, 'शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार कम्युनिस्ट सरकारले खोस्दैछ । भोलि बोल्न पनि दिँदैन र त्यसलगत्तै लेख्न पनि दिँदैन ।' 

बीपी कोइरालाले त्यतिबेलै कम्युनिस्टहरू कति अलोकतान्त्रिक हुन्छन् भनेर चिनिसकेकाले पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सहकार्य गर्न नमानेको उनले उल्लेख गरे । देउवाले भने, 'विगतमा राणा र राजासँग लडेको कांग्रेस आज कम्युनिस्टसँग लड्न तयार छ ।' 

वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, 'समाजवादमा गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य हुनुपर्नेमा वर्तमान दुवैलाई सरकारले महँगो र सर्वसाधारणको पहुँचबाहिर पुर्‍याएर कस्तो समाजवाद ल्याउन खोजेको हो ?'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।