शनिबार, मंसिर १३, २०८२

कपिलवस्तुमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना

लुम्बिनी प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रायले कपिलवस्तुमा सेवा कार्यालय विस्तार गरेको छ।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

बुटवल- लुम्बिनी प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रायले कपिलवस्तुमा सेवा कार्यालय विस्तार गरेको छ। यसअघि बुटवलबाट सेवा लिन बाध्य नागरिकको समस्यालाई मध्यनजर गरी कपिलवस्तुको सदरमुकाम तौलिहवामा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालन गरिएको हो।

National life

कपिलवस्तु नगरपालिकाको भवनमा स्थापना भएको सेवा कार्यालयको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादव र श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगामगरले बुधबार संयुक्त रूपमा उद्घाटन गरेका छन्।

कपिलवस्तु र अर्घाखाँची दुई जिल्लाका सेवाग्राहीलाई सेवा दिने गरी सञ्चालनमा आएको सेवा कार्यालयबाट बिलबुक नवीकरण, रुट परमिट, सवारी जाँच पास, अस्थायी रुट इजाजत लगायतको सेवा दिइने छ।

सेवा कार्यालय उद्घाटन गर्दै मन्त्री यादवले कार्यालयको लागि आवश्यक पर्ने जग्गा, भौतिक पूर्वाधार निर्माण,जनशक्ति र बजेट व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने बताए।

श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री ढेंगामगरले संघीयताको मर्म अनुसार सरकारी सेवालाई विकेन्द्रित गरी नागरिकको घर दैलोमा पुर्‍याउने उद्देश्यले मन्त्रालयले सेवा कार्यालय विस्तार गरेको बताइन्।

Laxmi sunrise bank
kumari

यसअघि नवलपरासीको रामग्राम नगरपालिका-४ मा पनि सेवा कार्यालय सञ्चालनमा आइसकेको र अब छिट्टै पाल्पामा सेवा विस्तार गरिने जानकारी दिँदै मन्त्री ढंगाले अब बुटवल र भैरहवा धाउनुपर्ने बाध्यता अन्त्य भएको बताइन्। 

प्रकाशित: Feb 17, 2022| 07:53 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।