बुधबार, असोज १४, २०८३

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ८२ पैसा र बिक्री दर १२० रुपैयाँ ४२ पैसा कायम गरेको छ।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ८२ पैसा र बिक्री दर १२० रुपैयाँ ४२ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३६ रुपैयाँ ३७ पैसा र बिक्री दर १३७ रुपैयाँ ०५ पैसा  कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२ रुपैयाँ ४९ पैसा र बिक्री दर १६३ रुपैयाँ ३१ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ५९ पैसा र बिक्री दर १३० रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ९३ पैसा र बिक्री दर ८६ रुपैयाँ ३७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ९६ पैसा छ। 

जापानी येन १० को खरिद दर १० रुपैयाँ ३६ पैसा र बिक्री दर १० रुपैयाँ ४१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९० पैसा र बिक्री दर १९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ९३ पैसा र बिक्री दर ३२ रुपैयाँ ०९ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ९१ पैसा र बिक्री दर ३३ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७७ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर १० रुपैयाँ र बिक्री दर १० रुपैयाँ ०५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।   -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Feb 17, 2022| 06:15 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्