विश्वकपमा डाइभ गरेको आरोपमा विभिन्न आलोचना खप्दै आएका ब्राजिलियन फुटबलर नेयमारले आलोचकहरुले उनको पीडा कहिल्यै नबुज्ने बताएका छन् । विश्वकपमा फउल गरेपछि खेल अशोभनिय बनाएकाे भन्दै उनको आलोचना गरिएको थियो ।
उनलाई सामाजिक सञ्जालमा विभिन्न व्यंग्य गर्दै दक्षिण अफ्रिकामा टेलिभिजन विज्ञापन पनि बनाइएयो । उक्त व्यंग्यबारे स्काई स्पोर्ट्ससँग बोल्दै नेयमारले उनको भोगाई मजाक नभएको बताए। ‘हरेक खेल पछि म ४ देखि ५ घण्टासम्म दुखाईमा हुने गर्दछु ।नेयमारले भने, ‘फउल गर्ने भन्दा गरिएको व्याक्तिलाई आलोचना चाडो गरिन्छ ।’ यो कुनै मजाकको विषय हैन । मेरो पिडा नभोगेसम्म कसैले बुझ्न सक्दैन ।’
‘म हरेक पटक खेलाडीलाई छक्याउँदै बल ड्रिबल गर्छु । कतिपय मलाई रोक्ने प्रयास गर्दै म विरुद्ध फाउल हुन्छ । यो निकै कष्टकर हुन्छ’, नेयमारले थपे । यो विश्वकपमा नेयमारविरुद्ध १० पटक विपक्षी खेलाडीले फाउल गरे । विश्वकप इतिहासमा पछिल्लो २० वर्षमा कुनै एक खेलाडीविरुद्ध यो सर्वाधिक फाउल हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४