बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • काठमाडौं नयाँबजारबाट २ लाख ९४ हजार बराबरका नक्कली नोटसहित ४ जना पक्राउ

काठमाडौं नयाँबजारबाट २ लाख ९४ हजार बराबरका नक्कली नोटसहित ४ जना पक्राउ

नक्कली नोटको कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन्। उनीहरू चारै जनालाई फागुन ४ गते दिउँसो ३ बजे राजधानीको नयाँबजारबाट क्षेत्रबाट पक्राउ परिएको महानगरी अपराध महाशाखाले जानकारी दिएको छ।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

काठमाडौं- नक्कली नोटको कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन्। उनीहरू चारै जनालाई फागुन ४ गते दिउँसो ३ बजे राजधानीको नयाँबजारबाट क्षेत्रबाट पक्राउ परिएको महानगरी अपराध महाशाखाले जानकारी दिएको छ।

पक्राउ पर्नेमा जिल्ला रौतहट गौर नगरपालिका-१२ घर भई काठमाडौं नयाँ बजार बस्ने २८ वर्षीय पृथ्वीप्रसाद साह, जिल्ला रौतहट राजपुर न.पा.३ घर भई राजधानीको नयाँबजार बस्ने २७ वर्षीय मोहम्मद मुसरफ अली छन्। यस्तै जिल्ला रौतहट राजपुर न.पा.६ घर भई हाल नयाँबजार नै बस्ने ३० वर्षीय असरफ अली सहिद र जिल्ला रौतहट गौर न.पा.९ घर भई हाल नयाँ बजार बस्ने २८ वर्षीय महमद शम्साद आलम छन्। 

उनीहरूका साथबाट १००० दरका २९४ थान नक्कली नोट बरामद भएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

बरामद भएको नोटको विवरण: 

झ ७३ - ६३६७०३ नम्बरको नक्कली नेपाली नोट थान ५५ 

झ/८३ - ६१३६७५ नम्बरको नक्कली नेपाली नोट थान ५४ 

झ/७३ - ६३६७०२ नम्बरको नक्कली नेपाली नोट थान ४९ 

झ ३६ - ५३०६६० नम्बरको नक्कली नेपाली नोट थान ४३ 

झ १६ - ७६१४४४ नम्बरको नक्कली नेपाली नोट थान ४३ 

झ ७६ - ५५२४५१ नम्बरको नक्कली नेपाली नोट थान ४३ 

झ ६४ – ५५३६२२ नम्बरको नक्कली नेपाली नोट थान ४ 

झ ६४ - ५५३६८८ नम्बरको नक्कली नेपाली नोट थान १ 

छ/६४ - ५५३६८७ नम्बरको नक्कली नेपाली नोट थान १ 

छ ६४ – ५५३६९२ नम्बरको नक्कली नेपाली नोट थान १ 

प्रकाशित: Feb 16, 2022| 19:55 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्