बुधबार, असोज १४, २०८३

२० अंकले घट्यो नेप्से

सेयर बजार मापक नेप्से परिसूचक बुधबार गिरावट आएको छ।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

काठमाडौं- सेयर बजार मापक नेप्से परिसूचक बुधबार करिब २० अंकले छ। आइतबार ५०.३० अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार १९.८४ अंकले घटेर २ हजार ७३४.४४ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.४७ अंक, फ्लोट इण्डेक्स ३.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंकले गिरावट आएको छ।  

बुधबार कारोबारमा आएका २३१ कम्पनीको ५६ लाख ५२ हजार २८२ कित्ता शेयर ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। मंगलबार  ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।

नेप्सेको १३ उपसमूहमध्ये ११ उपसमूह राताम्मे भएको छ भने अन्य उपसमूह  र निर्जिवन बिमा उपमूहको सूचक ०.१४ प्रतिशतले बढेको छ। समध्ये सबैभन्दा धेरै जलविद्युत उपसमूहको परिसूचकमा सामान्य वृद्धि भएको छ। जसमा अन्य उपसमूह ०.४४ र निर्जिवन बिमा उपसमूहको सूचक ०.१४ प्रतिशतले बढेको छ। बाँकी सबै उपसमूहको परिसूचक राताम्मे भएको छ।

बुधबारको कारोबारमा नेप्से परिसूचक गिरावट भए पनि गुराँस लद्युवित्त वित्तीय संस्थाको शेयरमूल्य ३.४४ प्रतिशतले बढेको छ। त्यस्तै ज्याती लाइभ इन्स्योरेन्स कम्पनीको ३.२३ प्रतिशत, एनआईसी एसिया ब्यालेन्स्ड फण्ड २.८७ प्रतिशत र युनाइटेड इन्स्योरेन्सको २.७९ प्रतिशतले बढेको छ। तर, एभरेस्ट इन्स्योरेन्सको सबैभन्दा बढी ५.९६ प्रतिशतले गिरावट आएको छ। बुद्धभूमि नेपाल हाइड्रोपावर, मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री गरेर अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। नेसनल हाइड्रोपावरको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

प्रकाशित: Feb 16, 2022| 16:33 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्