बुधबार, असार ३१, २०८३

नगर प्रमुखमाथि कारवाहीको माग गर्दै चक्काजाम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
लहान- कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवानले आफ्नै कार्यालयका कर्मचारीलाई कुटपिट गरेको भनी विरोधस्वरुप स्थानीयवासीले आज बिहान पूर्वपश्चिम राजमार्गस्थित सिरहा बस्तीपुरमा चक्काजाम गरेका छन् । 

नगर प्रमुख पासवानलाई जबर्जस्ती काम गर्न दबाब दिँदै नगरपालिकाका कर्मचारी बलिराम यादवमाथि कुटपिट तथा दुव्र्यवहार गरेको आरोप लागेको छ । स्थानीयवासीले बिहान ८ बजेदेखि आधा घण्टा चक्काजाम गरेका हुन् । चक्काजामका कारण पूर्व र पश्चिमबाट आएका सवारी साधन बाटामै रोकिएका थिए । 

स्थानीयवासीले चक्काजाम गरेपछि इलाका प्रहरी कार्यालय मिर्चैया र कर्जन्हाबाट खटिएको प्रहरी टोलीले हस्तक्षेप गरी बाटो खोलाएको थियो । नगरपालिकाले खरिद गरेको माटो खन्ने जेसिबी गाडीको भ्याट बिलविना नै भुक्तानीका लागि कागजपत्र तयार पार्न भनेको र नमानेका कारण आफूमाथि नगर प्रमुखले कुटपिट गरेको नगरपालिकाका जिन्सी तथा प्रशासन शाखा प्रमुख यादवले आरोप लगाए ।

नगर प्रमुख पासवानलाई कारवाही गर्नुपर्ने मागसहित आफूहरुले चक्काजाम गरेको स्थानीयवासी तथा नयाँ शक्ति पार्टीका नेता प्रभात महतोले जानकारी दिए । रासस 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।