काठमाडौं- प्रतिनिधि सभाको दशौं अधिवेशनको चौथो बैठक बुधबार दिउँसो बस्दैछ। यसअघि बैठकको कार्यसूची तयार गर्न कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बसेको थियो।
प्रतिनिधि सभाको बुधबारमा अमेरिकी अनुदान सहायतासम्बन्धी सम्झौता एमसीसी टेबल गर्ने बताइए पनि सहमति जुट्न नसक्दा उक्त प्रस्ताव भने कार्यसूचीमा उल्लेख गरिएको छैन।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्र तिवेदन २०७७-०७८ पेश गर्ने कार्यसूची तय गरिएको छ। त्यसैगरी तीनवटा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा उल्लेख छ।