काठमाडौं- नेपाल एयरलायन्सले अबदेखि दुबई जाने यात्रुले ६ घण्टा भित्रको र्यापिड पीसीआरको रिपोर्ट देखाउन नपर्ने जनाएको छ। एयरलायन्सले एक सुचना जारी गर्दै दुबई जानका यसअघि कायम गरिएको नियम हटाउँदै अबदेखि ६ घण्टा भित्रको र्यापिड पीसीआर रिपोर्ट देखाउन नपर्ने उल्लेख गरेको हो।
सुचना अनुसार अबदेखि उडान समयको ४८ घण्टा भित्रको पीसीआर परीक्षणका नेगेटिभ रिर्पोट भने अनिवार्य देखाउनुपर्नेछ। यो भन्दा अगाडि दुबई जानेहरुले ४८ घण्टाको पिसीआर रिर्पोट सँगै ६ घण्टा भित्रको र्यापिड पीसीआर टेष्ट अनिवार्य गरेको थियो।