बुधबार, असोज १४, २०८३

तोलामा ६ सयले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ६०० ले घटेर ९५ हजार १०० कायम भएको छ।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ६०० ले घटेर ९५ हजार १०० कायम भएको छ। अघिल्लो दिन प्रतितोला सुन ९६ हजार ७०० मा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० कायम भएको छ। जसको मूल्य मंगलबार प्रतितोला ९६ हजार २०० तोकिएको थियो। 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर एक हजार २८५ पुगेको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५४ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: Feb 16, 2022| 12:43 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्