सोमबार, चैत २, २०८२

जेलकै खाना विषाक्त परेपछि ७८ जना सिकिस्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
नयाँ दिल्ली- भारतको आर्थिक राजधानी मानिने मुम्बइको एउटा जेलमा रहेका करिब ७८ जना महिला विषाक्त खानेकुराका कारण सिकिस्त बिरामी भएका छन् । 

सो खाना खाएपछि उनीहरुको स्वास्थ्य अवस्था नाजुक भएको र अस्पताल भर्ना गरिएको उक्त जेलका अधिकारीले जनाएका छन् । 

अस्पताल स्रोतले शुक्रबार दिएको जानकारीअनुसार मुम्बइको बाइकुल्ला जेलमा रहेका ती महिलाहरुलाई दिइएको खाना विषाक्त पाइएको थियो । खाना खाएपपछि पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने जस्ता समस्या देखा परेको र उनीहरुलाई अस्पताल राखिएको स्रोतले जनाएको छ । सो अस्पतालका अधिकारीले ती महिलाको सिकिस्त अवस्थामा उपचार भइरहेको बताएका छन् । 

सो समस्याको कारण ७८ जना महिला अस्पताल भर्ना भएका सो स्रोतले जानकारी दिएको छ । यस घटनाको विस्तृत रुपमा अनुसन्धान गर्न जेलका अधिकारीले निर्देशन दिएका छन् । उनीहरु बिरामी परेपछि सँगै रहेको पुरुषहरु राख्ने बन्दीगृहका बन्दीहरुले त्यसका विरुद्धमा आन्दोलन गरेका छन् ।  एजेन्सी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।