शुक्रबार, फागुन २२, २०८२

ए डिभिजन लिग : मच्छिन्द्रको आँखा उपाधिमा

अहिले मछिन्द्र क्लब दास्रो स्थानको मनाङ मर्स्याङ्दीभन्दा छ अंकले अघि छ। आजको खेलमा जित निकालेमा उसले मनाङभन्दा ९ अंक धेरै बनाउने छ। त्यो भनेको तीन खेल बाँकी रहेको मनाङको पनि सतप्रतिशत अंक हो।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार तीन खेल हुँदैछन्। लिगको ११औं चरणका खेल सुरु हुँदैगर्दा सबै क्लब अन्तिम तयारीमा छन्। यस्तोमा आज मछिन्द्र क्लबले सातदोबाटो युथ क्लबको सामना गर्नेछ।

अहिले मछिन्द्र क्लब दास्रो स्थानको मनाङ मर्स्याङ्दीभन्दा छ अंकले अघि छ। आजको खेलमा जित निकालेमा उसले मनाङभन्दा ९ अंक धेरै बनाउने छ। त्यो भनेको तीन खेल बाँकी रहेको मनाङको पनि सतप्रतिशत अंक हो।

तर, मछिन्द्र मनाङभन्दा हेड टू हेडमा अघि छ। त्यसैले आजको खेलमा जित निकाल्न सके मछिन्द्रले दुई खेल अगावै उपाधि पक्का गर्नेछ।

यो खेलमा दिउँसो एक बजे एन्फा कम्पलेक्समा सुरु हुनेछ। यता यो खेलमा मछिन्द्रलाई हराउँदै सातदोबाटो भने आफु अघि बढ्न चाहन्छ। अहिले मछिन्द्र शीर्षस्थानमा छ भने सातादोबाटो छैटौं स्थानमा छ।

आजै एक बजे हुने खेलमा त्रिभुनव आर्मी क्लबले हिमालयन शेर्पा क्लबको सामना गर्नेछ। मिडिल टेबलमा त्यो निकै पेचिलो प्रतिस्पर्धा रहनेछ। यता, आजै पौने पाँच बजे हुने खेलमा भने नेपाल पुलिस क्लबले थ्रिस्टार क्लबलसको सामना गर्नेछ।

kumari

प्रकाशित: Feb 16, 2022| 09:55 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।