काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार तीन खेल हुँदैछन्। लिगको ११औं चरणका खेल सुरु हुँदैगर्दा सबै क्लब अन्तिम तयारीमा छन्। यस्तोमा आज मछिन्द्र क्लबले सातदोबाटो युथ क्लबको सामना गर्नेछ।
अहिले मछिन्द्र क्लब दास्रो स्थानको मनाङ मर्स्याङ्दीभन्दा छ अंकले अघि छ। आजको खेलमा जित निकालेमा उसले मनाङभन्दा ९ अंक धेरै बनाउने छ। त्यो भनेको तीन खेल बाँकी रहेको मनाङको पनि सतप्रतिशत अंक हो।
तर, मछिन्द्र मनाङभन्दा हेड टू हेडमा अघि छ। त्यसैले आजको खेलमा जित निकाल्न सके मछिन्द्रले दुई खेल अगावै उपाधि पक्का गर्नेछ।
यो खेलमा दिउँसो एक बजे एन्फा कम्पलेक्समा सुरु हुनेछ। यता यो खेलमा मछिन्द्रलाई हराउँदै सातदोबाटो भने आफु अघि बढ्न चाहन्छ। अहिले मछिन्द्र शीर्षस्थानमा छ भने सातादोबाटो छैटौं स्थानमा छ।
आजै एक बजे हुने खेलमा त्रिभुनव आर्मी क्लबले हिमालयन शेर्पा क्लबको सामना गर्नेछ। मिडिल टेबलमा त्यो निकै पेचिलो प्रतिस्पर्धा रहनेछ। यता, आजै पौने पाँच बजे हुने खेलमा भने नेपाल पुलिस क्लबले थ्रिस्टार क्लबलसको सामना गर्नेछ।