शुक्रबार, फागुन २२, २०८२

रोनाल्डोको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

रोनाल्डोको गोलसँगै युनाइटेडको लगातार छ खेलको गोल खडेरी पनि तोडिएको छ। त्यो गोलसँगै अग्रता बनाएको युनाइटेडले गएराति ब्राइटोनलाई २-० गोलअन्तरले हराएको हो।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

काठमाडौं- म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले इंग्लिस प्रिमियर लिगमा गोल गरेका छन्। मंगलबार राति युनाइटेडकै मैदानमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउने क्रममा रोनाल्डोले गोल गरेका हुन्।

रोनाल्डोको गोलसँगै युनाइटेडको लगातार छ खेलको गोल खडेरी पनि तोडिएको छ। त्यो गोलसँगै अग्रता बनाएको युनाइटेडले गएराति ब्राइटोनलाई २-० गोलअन्तरले हराएको हो।

युनाइटेडका लागि अर्को गोल ब्रुनोफर्नान्डेसले गरे। उनले खेलको इन्ज्युरी समयमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। खेलमा रोनाल्डोका लागि म्याक टोमिनीले पास दिएका थिए भने फर्नान्डेसका लागि पोग्बाले पास उपलब्ध गराए।

यता खेलको ५४औं मिनेटमा ब्राइटोनका एक खेलाडीले रातो कार्ड पाएका थिए।यो जितसँगै युनाइटेड पुन चौथौ स्थानमा पुगेको छ। उसले २५ खेलबाट ४३ अंक जोडेको छ।

प्रकाशित: Feb 16, 2022| 09:45 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।