बुधबार, असोज १४, २०८३

राष्ट्र उत्थान लघुवित्तको आईपीओ निष्कासन हुँदै

लघुवित्तले निष्कासन गर्न लागेको सेयरमध्ये १३ हजार कित्ता कर्मचारीलाई र ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ। बाँकी ७ लाख ९४ हजार ५ सय कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

काठमाडौं- राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (बुधबार)देखि आईपीओ निष्कासन गरेको छ। लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।

लघुवित्तले निष्कासन गर्न लागेको सेयरमध्ये १३ हजार कित्ता कर्मचारीलाई र ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ। बाँकी ७ लाख ९४ हजार ५ सय कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। आवेदकले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ।

प्रकाशित: Feb 16, 2022| 09:30 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्