शनिबार, साउन ३०, २०८३

कोटेश्वरमा ट्याक्सी जलाउन लागेका तीन जना पक्राउ

कोटेश्वरबाट ट्याक्सीमा आगजनी गर्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

काठमाडौं- कोटेश्वरबाट ट्याक्सीमा आगजनी गर्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसद्‍मा टेबल गर्ने तयारी गरेसँगै त्यसको  विरोधमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट पार्टी र मोर्चाले नेपाल बन्द आह्वान गरेका छन्।

र, सोही क्रममा सडक बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। ती मध्ये तीन जनाले कोटेश्वर चोकमा ट्याक्सी जलाउने प्रयास गरेका थिए।

पेट्रोल छर्केर ट्याक्सी जलाउन लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले  जनाएको छ। महानगरीय प्रहरी परीसर काठमाडौंका एसपी दिनेशराज मैनालीले काठमाडौंमा बन्दको प्रभाव देखिएको बताएका छन्।

प्रकाशित: Feb 16, 2022| 08:32 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।