शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको सुरक्षा व्यवस्था कडा, नेपाल बन्दको सामान्य प्रभाव

काठमाडौंको सुरक्षा व्यवस्था कडा, नेपाल बन्दको सामान्य प्रभाव

काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

काठमाडौं- काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ। सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसद्‍मा टेबल गर्ने तयारी गरेसँगै काठमाडौंको सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो।

सडक र चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ। एमसीसीको विरोधमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेसँगै देशभर सुरक्षा व्यवस्थालाई थप चुस्त बनाइएको छ।

प्रहरीकाअनुसार यतिबेला काठमाडौं उपत्यकामा सामान्य तरिकाले गाडी गुडिरहेका छन्। तर, लामो दूरीका सवारी भने  चल्न सकेका छैनन्।

यसैबीच, सरकारले कानुन विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ।

गृह मन्त्रालयले मंगलबार सूचना जारी गरी देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन दिएको हो।

प्रकाशित: Feb 16, 2022| 07:57 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।