शनिबार, साउन ३०, २०८३

याक एण्ड यती होटल सञ्चालनको वातावरण बनाउन हानको माग

होटल सङ्घ नेपाल (हान)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड-१९ बाट सिर्जित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

काठमाडौं- होटल सङ्घ नेपाल (हान)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड-१९ बाट सिर्जित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ।

हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको टोलीले पर्यटनमन्त्री आलेसँग पर्यटन क्षेत्रका समसामयिक विषयवस्तुबारे छलफल गरेको हानले विज्ञप्तिमार्फत जनाएको छ। अध्यक्ष राणाले नेपालको पर्यटन उद्योगको प्रवद्र्धन, विकास तथा संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको हानको गतिविधिबारे अवगत गराएका थिए।

कुनै पनि व्यक्ति वा संस्थाले कानुनले निर्धारण गरेको राजस्व, कर तथा शुल्क राज्यलाई बुझाउनुपर्ने कर्तव्यबाट विमुख हुन नहुने भन्दै उनले राज्यले तोकेको राजस्व तथा शुल्कको नियमसङ्गत हुने विषयमा समर्थन रहेको बताए।

नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको पाँचतारे होटल याक एण्ड यतीको इजाजत खारेजीबारे ध्यानाकर्षण गराउँदै अध्यक्ष राणाले यसबाट श्रमिक, कर्मचारीको पारिश्रमिक तथा करारअन्तर्गत अग्रिम बुकिङ गरिएको सेवा–सुविधा उपलब्ध गराउन समस्या रहेको बताए। 

राज्यको कानुनसङ्गत नियम पालना गराउने मामलामा हानको सहयोग रहने तर होटलले राष्ट्रिय अर्थतन्त्र तथा रोजगारीमा पुर्‍याएको योगदानको कदर गर्दै होटलजस्तो ठूलो लगानी भएको प्रतिष्ठानले अर्थतन्त्रमा पुर्‍याएको योगदानको कदर हुनुपर्नेमा उहाँले जोड दिए।

प्रकाशित: Feb 16, 2022| 07:15 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।