धनगढी- अछाममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मंगलसैन-१३ बुडाबाडाकी ३० वर्षीया देउरूपा जनालाको शनिबार भीरबाट लडेर मृत्यु भएको हो ।
भिटामेलाको अग्लो डाँडा भन्ने ठाउँमा घाँस काट्ने क्रममा शनिबार साँझ लडेर मृत्यु भएको स्थानीय अमृता रावतले जानकारी दिइन्। घाँस काटेर घर फर्किन लाग्दा उनी भीरबाट लडेकी हुन्। मृतकका तीन छोरा र एक छोरी छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४