बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उच्च पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिपातको सम्भावना

उच्च पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिपातको सम्भावना

हाल देशमा पश्चिम न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। अहिले देशको पहाडी भूभागमा आंशिक बदली छ।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८
National life
Shivam cement

काठमाडौं- हाल देशमा पश्चिम न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। अहिले देशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार देशको पहाडी भूभागका एक/दुई स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Feb 16, 2022| 06:32 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।