शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल बन्दको सूचना आएपछि सुरक्षा व्यवस्था चुस्त बनाउन गृह मन्त्रालयको निर्देशन

नेपाल बन्दको सूचना आएपछि सुरक्षा व्यवस्था चुस्त बनाउन गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले फागुन ४ गते नेपाल बन्दको सूचनाको आएकोले सुरक्षालाई चुस्त बनाउन मातहतलाई निर्देशन दिएको छ।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

काठमाडौं- गृह मन्त्रालयले फागुन ४ गते नेपाल बन्दको सूचनाको आएकोले सुरक्षालाई चुस्त बनाउन मातहतलाई निर्देशन दिएको छ। 

गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान ब्युरोलाई उच्च सतर्कता र निगरानी बढाइ जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउन निर्देशन दिएको हो। 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित साना ६ वाम घटकहरुले फागुन ४ गते नेपाल बन्दको घोषणा गरेका थिए। 

सरकारले बुधबार अमेरिकी अनुदान सम्झौता एमसीसी संसद्‌मा लैजाने तयारी गरेसँगै साना वाम घटकहरुले नेपाल बन्दको आह्वान गरेका थिए। 



प्रकाशित: Feb 15, 2022| 21:06 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।