बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुटुको शल्यक्रिया गर्न प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

मुटुको शल्यक्रिया गर्न प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

मुटुको शल्यक्रिया गर्न उनी काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग प्रतिष्ठान अस्पतालमा भर्ना भएको प्रदेश प्रमुख शर्माको प्रमुख स्वकीय सचिव पारसमणि फुँयालले जानकारी दिए।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८
National life
Shivam cement

हेटौंडा- बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा मंगलबार अस्पताल भर्ना भएका छन्। मुटुको शल्यक्रिया गर्न उनी काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग प्रतिष्ठान अस्पतालमा भर्ना भएको प्रदेश प्रमुख शर्माको प्रमुख स्वकीय सचिव पारसमणि फुँयालले जानकारी दिए।

उनको मुटुमा आठ वर्षअघि राखिएको पेसमेकर परिवर्तन गर्न शल्यक्रिया गर्न लागिएको हो। मुटुमा समस्या आएपछि शर्माले लामो समयदेखि पेसमेकरको सहायता लिँदै आएको थियो। 

शल्यक्रियापछि पनि शर्मालाई केही दिन आराम गर्नुपर्ने भएकाले करिब एक हप्ताको समय उनी अस्पतालमा नै रहने प्रमुख स्वकीय सचिव फुँयालले बताए। शर्मा लामो समयदेखि मुटु रोगसम्बन्धी समस्याबाट पीडित छन्।

प्रकाशित: Feb 15, 2022| 20:46 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।