बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • म्याद सकिएका सबै भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गर्ने कांग्रेसको निर्णय

म्याद सकिएका सबै भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले म्याद सकिएका भ्रातृ संस्थाका केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय गरेको छ।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

काठमाडौं– नेपाली कांग्रेसले म्याद सकिएका भ्रातृ संस्थाका केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय गरेको छ।

मंगलबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले म्याद सकिएका सबै भ्रातृ संस्थाको कार्यसमिति भंग गर्ने निर्णय गरेको हो।

बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल मुस्लिम संघलगायतका कार्यसमिति भंग गर्ने निर्णय गरेको हो। कार्यसमिति भंग भएका भ्रातृसंस्थाको तदर्थ समिति यही फागुन मसान्तभित्र गठन गर्ने निर्णय बैठकले गरेको छ। त्यसरी गठन गरिएका तदर्थ समितिलाई स्थानीय निर्वाचनको अन्तिम परिणाम आएको तीन महिनाभित्र महाविधेशन गर्ने जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ। 

केन्द्रीय समिति भंग गर्ने यो निर्णयसँगै कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका भ्रातृ संस्थाका पदाधिकारीहरू भ्रातृ संस्थाको जिम्मेवारीबाट मुक्त भएका छन्। यस्तै बैठकले भ्रातृसंस्थाको तथा शुभेच्छुक संस्थाहरुको विधान समेत पारित गरेको छ। विधान पारित भएसँगै नेविसंघमा ३२ वर्ष र तरुण दलमा ४५ वर्षको उमेर हद लाग्नेछ।

बैठकले देशभर जिल्ला अधिवेशन सकेको नेपाल दलित संघको अधिवेशन चैत ७ देखि ९ गतेसम्म सम्पन्न गर्न निर्देशन दिएको छ। लामो समयदेखि महाधिवेशन हुन नसकेका शुभेच्छुक संस्थालाई यथाशिघ्र महाधिवेशन गर्न निर्देशन दिने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

प्रकाशित: Feb 15, 2022| 17:12 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...