बुधबार, असोज १४, २०८३

सेयर बजार परिसूचक ५३.३० अंकले बढ्यो

सेयर बजार परिसूचक (नेप्से) ५३.३० अंकले बढेर २७५४.२८ विन्दुमा पुगेको छ।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

काठमाडौं– सेयर बजार परिसूचक (नेप्से) ५३.३० अंकले बढेर २७५४.२८ विन्दुमा पुगेको छ।

आज ३ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। कारोबारको अधिकतम समय सूचक तलमाथि गरिरह्यो। दिनभरजसो झिनो अंकको मात्र सुधार देखिएको नेप्से अन्तिम प्रहरमा भने उल्लेख्य अंकमा बढेको हो।

आज २२४ कम्पनीको ६३ लाख ४३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। कारोबार भएका सबै समूहको सूचक बढेको छ। न्यादी हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ। २२ करोड ७७ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा हिमालयन डिष्टिलरी अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेसनल हाइड्रोपावर र नेपाल टेलिकम परेका छन्। 

पछिल्ला दिनहरुमा केन्द्रीय बैंक र अर्थ मन्त्रालयले तरलता सहज बनाउन केही नीतिगत कदमहरु चालेकाले त्यसको औसत अवस्था र विशेष गरेर दीर्घकालमा त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिने विश्लेषणहरु भइरहेका छन्। 


प्रकाशित: Feb 15, 2022| 15:25 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्