काठमाडौं- विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरत केसर सिंहको निधन भएको छ । उपचारको क्रममा आइतबार विहान करिब ३ बजेर तिर हृदयघातको कारण उनको मृत्यु भएको हो । बयोधा हस्पिटल बल्खुमा केहिदिनदेखि उनको उपचार भइरहेको थियो ।
सन् १९३४ मा जन्मिएका सिंहले नेपाली सेनाबाट मानार्थ जर्नेलको उपाधि समेत पाएका थिए । उनका श्रीमति, तीन छोरा र एक छोरी छन् ।
सिंहको पार्थिव शरीरलाई दिउँसो १२ः३० बजे बनकालीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । नेपाली सेनाले सलामीसमेत दिनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४