बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महिला, दलित र उत्पीडतलाई अगाडि नल्याएसम्म समाज रुपान्तरण गर्न सकिन्न : मुख्यमन्त्री राउत

महिला, दलित र उत्पीडतलाई अगाडि नल्याएसम्म समाज रुपान्तरण गर्न सकिन्न : मुख्यमन्त्री राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले महिला, दलित र उत्पीडितलाई अगाडि नल्याई समाज रूपान्तरण गर्न नसकिने बताएका छन्।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

जनकपुर- मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले महिला, दलित र उत्पीडितलाई अगाडि नल्याई समाज रूपान्तरण गर्न नसकिने बताएका छन्। मंगलबार प्रदेश सरकार स्थापना भएको चार वर्षको उपलब्धि सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन्। 

'जबसम्म महिलालाई सशक्त बनाइदैनँ, दलितलाई मेनस्ट्रिममा ल्याइदैनँ, उत्पीडनमा रहेका समुदायहरुलाई अगाडि ल्याउँदैनौँ, निश्चित रुपमा समाज रुपान्तरण गर्न सकिँदैन,' मुख्यमन्त्री राउतले भने, 'समाजमा पछि पारिएका महिला, दलितलगायतका उत्पीडितहरुलाई मूल प्रवाहमा ल्याउनका लागि प्रदेश सरकारले महत्त्वपूर्ण काम गरिरहेको छ।' 

मंगलबार प्रदेश सरकार स्थापना भएको चार वर्षको उपलब्धि सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाजमा रहेका विकृति, विसंगतिहरुलाई अन्त्य गर्नका लागि सामाजिक रुपान्तरणको अभियान सञ्चालन गरिरहेको उनको भनाइ थियो। 'बेटी पढाऔँ, बेटी बचाऔँ' अभियान, छोरी शिक्षा बीमाको कार्यक्रम, साइकल वितरण तथा लोकसेवा कक्षा सञ्चालन लगायतका महत्वपूर्ण कामहरु गरिएको उनको दाबी छ। 

प्रदेश सरकार सम्हालेको पहिलो आर्थिक वर्षमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सफल भ्रमण गराउनु र  भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि भ्रमण गराउनु सरकारको उपलब्धि भएको उनको दाबी छ। मुख्यमन्त्री राउतले विभिन्न मन्त्रालयमार्फत् ल्याइएका नीति, कार्यक्रम र योजनाहरुलाई सरकारले क्रमशः कार्यान्वयन गर्दै लगेको बताए। मधेश प्रदेशका जनताको चाहना र आकांक्षालाई सम्बोधन गर्न सरकारले निरन्तर प्रयास गर्दै आएको उनको भनाइ थियो। 

प्रकाशित: Feb 15, 2022| 15:14 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...