बिहीबार, कात्तिक ८, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • मुख्यमन्त्री राउतले सार्वजनिक गरे प्रदेश सरकारको १४० बुँदे उपलब्धि

Siddartha premir insuranceSiddartha premir insurance

मुख्यमन्त्री राउतले सार्वजनिक गरे प्रदेश सरकारको १४० बुँदे उपलब्धि

मधेश प्रदेश सरकार आज ४ वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ। २०७४ फागुन ३ गते मुख्यमन्त्री लालबाबु राउतसहित ३ जना मन्त्रीले शपथ ग्रहण गरेका थिए।
 |  मंगलबार, फागुन ३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

जनकपुरधाम– मधेश प्रदेश सरकार आज ४ वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ। २०७४ फागुन ३ गते मुख्यमन्त्री लालबाबु राउतसहित ३ जना मन्त्रीले शपथ ग्रहण गरेका थिए।

triton college

मधेश सरकारले ४ वर्ष पूरा गरेको अवसरमा मुख्यमन्त्री राउतले आफ्ना सरकारको उपलब्धि सुनाएका छन्। मुख्यमन्त्री राउतले ९ शीर्षकमा १ सय ४० बुँदे प्रदेश सरकारको ४ वर्षको उपलब्धि सार्वजनिक गरेका हुन्। मुख्यमन्त्री राउतले राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको माध्यमले प्रदेशका जनताको सर्वोत्तम हितलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै अगाडि बढिरहेको दाबी गरेका छन्।

प्रदेश सरकारको उपलब्धिमा बेटी पढाउ बेटी बचाउ अभियानको भने चर्चा गरिएको छैन। एक सहिद परिवार एक रोजगारी, ४४ विधेयक प्रमाणीकरण, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मुख्यमन्त्री स्वच्छता अभियान, जनलोकपाल आयोग गठन, प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण लगायतलाई उपलब्धिको रुपमा मुख्यमन्त्री राउतले उल्लेख गरेका छन्।

मधेश भवनमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणलाई प्रदेश सरकारको ४ वर्षे उपलब्धिको रुपमा सुनाएका थिए।

मुख्यमन्त्री राउतले प्रदेश सरकारको ४ वर्षको उपलब्धि सुनाइरहँदा संघ सरकारको हस्तक्षेपकारी नीति तथा कर्मचारी अभावका कारण समस्या भइरहेको अभिव्यक्ति दिन पनि बिर्सेनन्। यद्यपि उनले प्रदेश सरकार विभिन्न चुनौतीका बाबजुद सुशासन स्थापित गर्न कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरे।

Metro Mart
vianet

प्रकाशित: Feb 15, 2022| 15:12 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।