बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वैदेशिक रोजगार विभागमा डीएसपी नेतृत्वको टोली परिचालन

वैदेशिक रोजगार विभागमा डीएसपी नेतृत्वको टोली परिचालन

वैदेशिक रोजगारसँग सम्बन्धित ठगीका उजुरी तत्काल सम्बोधन गर्न र ठगहरुलाई कारबाहीको दायरामा ल्याउन वैदेशिक रोजगार विभागमा आजबाट प्रहरी टोली परिचालन गरिएको छ।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

काठमाडौं– वैदेशिक रोजगारसँग सम्बन्धित ठगीका उजुरी तत्काल सम्बोधन गर्न र ठगहरुलाई कारबाहीको दायरामा ल्याउन वैदेशिक रोजगार विभागमा आजबाट प्रहरी टोली परिचालन गरिएको छ। बुद्धनगरस्थित विभागको कार्यालय परिसरमा प्रहरी नायब उपरीक्षक (डीएसपी) को इन्स्पेक्टरसमेत सात जनाको टोली परिचालन भएको हो।

वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रणका लागि मानव बेखबिखन अनुसन्धान ब्युरोबाट प्रहरी खटिएका हुन् । विभागमा खटिने प्रहरी टोलीले उजुरी लिनेदेखि पक्राउ गर्ने र अनुसन्धानको काममा पनि सघाउने विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए।  

वैदेशिक रोजगारीमा ठगी पुरानै समस्या रहेको र पछिल्लो समय भिजिट भिसाको नाममा धेरै मानिसलाई अलपत्र पार्ने गरेको तथ्य सार्वजनिक भइरहेको सन्दर्भमा अनुसन्धानमा ढिलाइ भयो भन्ने नागरिकको गुनासोपछि त्यसलाई तत्काल समाधानका लागि गृह मन्त्रालयसँग प्रहरी माग गरेको महानिर्देशक पौडेलले बताए। 

उनका अनुसार प्रहरी टोलीले विभागकै नियमित कर्मचारी सरह महानिर्देशकको निर्देशनमा काम गर्नेछ भने निवेदन प्राप्त हुने बित्तिकै तत्कालै व्यक्तिलाई पक्राउ तथा खानतलासी गर्नुपर्ने अवस्थामा पनि उनीहरुलाई खटाउन सकिनेछ। पीडितका गुनासा लामो समयसम्म दराजमा थन्किएर बस्ने समस्या अब अन्त्य हुने विभागको दाबी छ।

प्रकाशित: Feb 15, 2022| 14:34 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्