शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्रिभुवन विमानस्थलमा टिकटको प्रिन्ट नै देखाउनुपर्ने

त्रिभुवन विमानस्थलमा टिकटको प्रिन्ट नै देखाउनुपर्ने

त्रिभुवन विमानस्थलमा चेकइन गर्दा अब टिकटको प्रिन्ट नै देखाउनुपर्ने भएको छ।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

काठमाडौं– त्रिभुवन विमानस्थलमा चेकइन गर्दा अब टिकटको प्रिन्ट नै देखाउनुपर्ने भएको छ। यसअघि मोबाइलमा टिकट वा पीएनआर नम्बर देखाए पुग्नेमा अब प्रिन्ट नै अनिवार्य गरिएको हो। 

सुरक्षाका कारण भन्दै विमानस्थल प्रहरीले डिजिटल टिकटको सट्टा प्रिन्ट नै अनिवार्य गरेको हो। त्रिभुवन विमानस्थल सञ्चालन विभागका निर्देशक टेकनाथ सिटौलाका अनुसार यो नियम ७ फागुनदेखि लागू हुनेछ।

वायुसेवा कम्पनीहरु र नागरिक उड्डयन प्राधिकरणसँगको छलफलपछि यो निर्णय गरिएको प्रहरीले बताएको छ। टिकट हेर्न सजिलो होस् भनेर यस्तो नियम लागू गरिएको प्रहरीको तर्क छ। 

वायुसेवा कम्पनीहरुले विमानस्थलमा प्रिन्टेड टिकेट अनिवार्य गरिएको हुँदा सोहीअनुसार चेकइन गर्न सूचना जारी गरेका छन्।


प्रकाशित: Feb 15, 2022| 13:03 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।