काठमडौं- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अनशनरत डा गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न प्रधानमन्त्री केपी ओलीलाई दबाब दिएका छन् । शनिबार बेलुका बालुवाटार पुगेर ओलीसंग भेट गर्दै देउवाले डा केसीको माग सम्बोधन गर्न दबाब दिएका हुन् ।
भेटमा उनले केसीको ज्यान तल माथि भए कांग्रेस चुप लागेर नबस्ने समेत चेतावनी दिएको स्रोतले जनाएको छ । जनताका विषयमा गरिएको अनशनलाई वेवास्ता गर्नु सरकारकै लागि घातक हुने समेत उनले बताएका थिए । उनले डा केसीसंग चाडो वार्ता थाल्न समेत सुझाव दिएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भेटमा सभापति देउवाले नयाँ वानेश्वरमा नेपाल तरुण दलको प्रदर्शनमा भएको झडपबारे चासो व्यक्त गर्दै आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै विद्यमान समस्याको समाधान भएको बताएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४