बुधबार, असोज १४, २०८३

सुनको मूल्य बढ्यो, आजको बजारभाउ कति?

फागुन महिनाको पहिलो दिन आइतबार प्रतितोला ९५ हजार ५०० मा कारोबार भएको पहेँलो धातुको मूल्य सोमबार स्थिर रही सोही मूल्यमा कारोबार भएको थियो।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

काठमाडौं- सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक हजार २००ले बढेर ९६ हजार ७०० पुगेको छ। फागुन महिनाको पहिलो दिन आइतबार प्रतितोला ९५ हजार ५०० मा कारोबार भएको पहेँलो धातुको मूल्य सोमबार स्थिर रही सोही मूल्यमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० कायम भएको छ। जसको मूल्य सोमबार प्रतितोला ९५ हजार तोकिएको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले बढेर एक हजार ३२० पुगेको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८७८ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: Feb 15, 2022| 12:40 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्