काठमाडौं- प्रधानमन्त्री केपी ओलीले 'गुगल ब्याई'का नामले चिनिएका आदित्य दाहालको प्रतिभा विज्ञानको लागि खोजीको बिषयभएको बताएका छन् ।
आदित्य संरक्षण प्रतिष्ठानले शनिबार आयोजना गरेको कलियुगको आदित्य ज्योतिषपथ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उनको प्रतिभाले विज्ञानलाई समेत चुनौती दिएको बताएका हुन् ।
उनले आदित्यको प्रतिभा देखेर आफू आश्चर्यचकित भएको समेत सुनाए । 'गुरु र स्रोत विना ज्ञान आफैं आश्चर्यजनक छ' उनले भने । आदित्यको दार्शनिक श्रृंखला, चिन्तनप्रक्रिया धार्मिक प्रक्रियासँग मेल नखाने प्रधानमन्त्री ओलीले बताए ।
आदित्यलाई आफ्नो ढंगले सोच विचार गर्न दिने र त्यो ज्ञानलाई प्रकट हुने वातावरण बनाइदिनु पर्नेमा ओलीले जोड दिए । “आदित्यको शारिरीक मात्र होइन ज्ञानको पनि सुरक्षा हुनु आवश्यक छ” उनले भने “यसकालागि सरकार सहयोग गर्न तयार छ ।”
कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पनि आदित्य दाहालको प्रतिभाको प्रशंसा गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४