बिहीबार, असार ११, २०८३

सवारी दुर्घटनामा एक जनाको मृत्यु

उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८
National life
Shivam cement

सप्तरी- सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा घाइते भएकामध्ये एक जनाको आज उपचारका क्रममा मृत्यु भएको छ। अर्नाहाबाट पत्थरगाढातर्फ जाँदै गरेको फलाम रड लोड भएको स१त६ १०८ नंको ट्र्याक्टर अनियन्त्रित भई सप्तरीको डाक्नेश्वरी नगरपालिका-९ महुकीमा दुर्घटना हुँदा घाइते सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ का २७ वर्षीय सन्तोष सदाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

दुर्घटनामा सोही ठाउँका २९ वर्षीय श्रीप्रसाद मण्डल र १८ वर्षीय युवराज सदा घाइते भएका छन्। मण्डल ट्र्याक्टरचालक हुन् भने अन्य मजदुर हुन्। 

प्रकाशित: Feb 15, 2022| 09:58 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।