बिहीबार, असार ११, २०८३

भक्तपुर र ललितपुरका सडक दुर्घटनामा दुईजनाको मृत्यु

भक्तपुर र ललितपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको ज्यान गएको छ। भक्तपुरको च्यामासिं र ललितपुरको बागडोलमा दुर्घटना भएको हो।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

काठमाडौं- भक्तपुर र ललितपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको ज्यान गएको छ। भक्तपुरको च्यामासिं र ललितपुरको बागडोलमा दुर्घटना भएको हो।

National life

च्यामासिंमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। सोमबार बेलुका ८ बजे बा ३ ख ४७६५ नम्बरको बस र बा ६१ प ६६१८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडि बस्ने दोलखाका ३४ वर्षका देवेन्द्र कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ।

मोटरसाइकलका चालक घाइते भएका छन्। उनको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।  

त्यसैगरी ललितपुरमा सडक छेउको रेलिङमा मोटरसाइकल ठोक्किँदा चालकको ज्यान गएको छ। गएराति साढे १० बजे  ललितपुरको बागडोलमा बागमती प्रदेश ०२–०३० प ९४८३ नम्बरको मोटरसाइकल सडक छेउको रेलिङमा ठोक्किँदा चालक बाँकेका ३० वर्षका गणेशकुमार थारुको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका थारुको उपचारका क्रममा राति साढे ११ बजे पाटन अस्पतालमा ज्यान गएको हो।

Shivam cement

प्रकाशित: Feb 15, 2022| 08:23 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।