बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्पताल व्यवस्थापन समिति चार महिनादेखि पदाधिकारीविहीन

अस्पताल व्यवस्थापन समिति चार महिनादेखि पदाधिकारीविहीन

गत असोज २२ देखि व्यवस्थापन समितिका अध्यक्षलगायत सदस्यहरूको कार्यकाल सकिएर नयाँ पदाधिकारी नियुक्ति नहुँदा अस्पतालको प्रशासनिक कार्य प्रभावित भएको हो।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

तनहुँ- सदरमुकामस्थित दमौली अस्पताल व्यवस्थापन समिति विगत चार महिनादेखि पदाधिकारीविहीन हुँदा अत्यावश्यक निर्णय प्रभावित भएको छ। गत असोज २२ देखि व्यवस्थापन समितिका अध्यक्षलगायत सदस्यहरूको कार्यकाल सकिएर नयाँ पदाधिकारी नियुक्ति नहुँदा अस्पतालको प्रशासनिक कार्य प्रभावित भएको हो।

National life

गण्डकी प्रदेश सरकारमातहत रहेको दमौली अस्पतालमा स्वास्थ्य मन्त्रालयले अध्यक्ष नियुक्ति गर्नुपर्नेमा चार महिनासम्म अध्यक्ष नियुक्ति हुन नसकेको हो। अस्पतालमा अध्यक्ष नियुक्ति नहुँदा प्रशासनिक कामकाजमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुनिल पौडेलले जानकारी दिए। 

‘अध्यक्ष नियुक्ति नहुँदा आर्थिक निर्णयहरू रोकिएका छन्, यसले गर्दा अस्पताल सञ्चालनमा समेत बाधा पुग्दै आएको छ’, उनले भने, ‘आन्तरिक स्रोतबाट परिचालन गर्ने सबै कुरा रोकिएका छन्।’ पौडेलले पदाधिकारीविहीन भएकै कारण अस्पतालमा करारमा कार्यरत चिकित्सकलाई तलबभत्ता उपलब्ध गराउन नसकिएको बताए।

उनका अनुसार पदाधिकारीविहीन हुँदा अस्पतालमा कर्मचारी नियुक्ति पनि रोकिएका छन्। अस्पतालमा जनशक्ति कम भएको र नयाँ कर्मचारी नियुक्ति नहुँदा कार्यरत जनशक्तिले नै तोकिएभन्दा बढी समय काम गर्दै आएको पौडेलले बताए। पच्चीस शय्या क्षमताको अस्पताल जग्गाको अभावमा स्तरोन्नति हुनसकेको छैन। प्रदेश सरकारलाई पटक-पटक जग्गा व्यवस्थापनका विषयमा जानकारी गराइएको छ। अस्पतालसँगै जोडिएको कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको जग्गामध्ये केही जग्गा अस्पताललाई उपलब्ध गराउन सिफारिस भइसकेको छ। 

अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसूतिरोगका विशेषज्ञ चिकित्सकको दरबन्दी थप हुनेछ। अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, मानसिक उपचार र डायलासिस सेवासमेत प्रदान गर्दै आइरहेको छ। विसं २०३४ मा स्वास्थ्यचौकीका रूपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालका रूपमा स्तरोन्नति भएको थियो। 

Shivam cement

अस्पतालमा फोहर पानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, गाइनोलोष्टिबाट सेवा सञ्चालन, भेन्टिलेटरसहित आइसीयू कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्षलगायत सेवा विस्तार गरिएको छ। साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ।   रासस

प्रकाशित: Feb 15, 2022| 08:00 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।