शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोबाइल बिगारेको निहुँमा श्रीमतीको हत्या गरेको आरोप, श्रीमान पक्राउ

मोबाइल बिगारेको निहुँमा श्रीमतीको हत्या गरेको आरोप, श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा झापा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला झापा भद्रपुर न.पा.वडा नं. १ लाहुरे चौक बस्ने वर्ष ३४ को अमर बहादुर तामाङ छन्।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

झापा- श्रीमतीको हत्या गरेको आरोपमा झापा प्रहरीले अमरबहादुर तामाङलाई पक्राउ गरेको छ। झापा जिल्ला भद्रपुर न.पा.वडा नं. १ लाहुरे चौक बस्ने ३४ वर्षीय तामाङ सोमबार साँझ पक्राउ परेका हुन्। 

तामाङले २०७८ फागुन २ गते साँझ ५:३० बजेतिर ३४ वर्षीया श्रीमती अनिता लिम्बूलाई घाँटीमा चक्कु र शरीरमा ढुंगा प्रहार गरी हत्या गरेको आरोप तामाङमाथि लागेको छ।

मोबाइल बिगारेको विषयमा झगडा हुँदा आफ्नै घरभित्र उनले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

घटनाबारे थप अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षक नेतृत्वको टोली घटनास्थलमा खटिएको छ। 

शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन्। जिल्ला प्रहरी कार्यालय झापामा तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 14, 2022| 21:42 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।