बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विराटनगर पुगेर शेखरले भने– प्रधानन्यायाधीशले पटक-पटकको सुझाव नमानेपछि महाभियोग

विराटनगर पुगेर शेखरले भने– प्रधानन्यायाधीशले पटक-पटकको सुझाव नमानेपछि महाभियोग

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले समयमै निकास नदिँदा महाअभियोग लगाउनुपर्ने अवस्था आएको बताएका छन्।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले समयमै निकास नदिँदा महाअभियोग लगाउनुपर्ने अवस्था आएको बताएका छन्। 

नोना कोइराला स्मृति प्रतिष्ठानले सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले आफूले पटकपटक न्यायालयलाई विवादमा नल्याउनका लागि निकास दिन सुझाव दिँदा पनि प्रधानन्यायाधीशले नमानेकोले अहिलेको समस्या आएको बताए। 

महाअभियोग आउनुमा सत्ता गठबन्धन, एमसीसी जस्ता विषयले पनि काम गरेको हुन सक्नेतर्फ उनले संकेत गरे। महाअभियोग टुंगो लाग्न ३–४ महिना लाग्ने उनले बताए। यद्यपि गठबन्धनसँग महाअभियोग पारित गर्ने मत नभएकाले के हुन्छ भन्ने अहिले नै भन्न सक्ने अवस्था नरहेको उनले बताए।

प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशहरूमा जवाफदेहिता, उत्तरदायित्व र पारदर्शिता नहुँदा समस्या आउने गरेको भन्दै लोकतन्त्रमा सबै कुराको महत्व रहेको उनले बताए।


प्रकाशित: Feb 14, 2022| 20:06 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...