बुधबार, असोज १४, २०८३

नेप्से परिसूचक ०.०८ अंकले वृद्धि

साताको पहिलो दिन आइतबार १०१ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार सामान्य अंकले वृद्धि भएको छ।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

काठमाडौं- साताको पहिलो दिन आइतबार १०१ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार सामान्य अंकले वृद्धि भएको छ।

सोमबार नेप्से परिसूचक ०.०८ अंक बढेर २ हजार ७००.९८ विन्दुमा पुगेको छ। तर, नेप्से सूचक बढे पनि सेन्सेटिभ इण्डेक्स भने ०.३६ अंक, फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक घटेको छ।

सोमबार कारोबारमा आएका २२७ कम्पनीको ७५ लाख ४९ हजार कित्ता शेयर ३ अर्ब ६८ करोड ४० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये सोमबार ७ उपसमूहको परिसूचक बढेका छन् भने ५ उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमा लगानी उपसमूहको परिसूचक भने स्थिर छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.६१ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी १.३४ प्रतिशतले गिरावट आएको छ।  

सोमबार कारोबारमा बुद्धभूमि नेपाल हाइड्रोपावर, सपोर्ट माइक्रोफाइनान्सर नेशनल हाइड्रोपावरको शेयर मूल्य गिरावट आएको छ। तर,  मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य भने सबैभन्दा बढी ३.८५ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा ५५ करोडको शेयर खरिदबिक्री गरेर नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। 


प्रकाशित: Feb 14, 2022| 17:21 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्