शनिबार, साउन ३०, २०८३

खोटाङमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

खोटाङ- खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ। हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको ऐसेलुखर्क पुछारबाट सोमबार हलेसीतर्फ जाँदै गरेको स१त ७७३३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर निवासी चालक सिटामोल भन्ने शेखर मगरको मृत्यु भएको हो। 

उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। ट्याक्टर हलेसी-धितुङ-रेग्मीटार सडकखण्डको कालिकादेवीथान नजिकै काभ्रा खोलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्याक्टरका मालिक हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका ३२ वर्षीय नगेन्द्र राई घाइते भएका छन्।

प्रकाशित: Feb 14, 2022| 14:12 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।