बुधबार, भदौ ११, २०८२

हिउँ खेल्न गएका दुई किशोर गोरखामा मृत फेला परे

गोरखामा हिउँ खेल्न गएका दुई किशोर १० दिनपछि मृत फेला परेका छन्।
 |  सोमबार, फागुन २, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

vianetvianet

काठमाडौं– गोरखामा हिउँ खेल्न गएका दुई किशोर १० दिनपछि मृत फेला परेका छन्। स्थानीयबासी र प्रहरीको संयुक्त खोजी टोलीले आइतबार उनीहरुको शव फेला पारेको हो।

Kumaribank

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालका अनुसार उनीहरूको शव धार्चे गाउँपालिका–१ कुन्द्रामा खोंचमा भेटिएको हो। बारपाक सुलिकोट गाउँपालिका १ का १६ वर्षीय करण घले र वडा नम्बर २ का सञ्जय घलेको शव फेला परेको हो। दुवै साथी हुन्। 

हिउँले पुरिएर हराइरहेको र अहिले हिउँ पग्लिँदै गएर मृतकको शव देखा परेको दाहालले बताए। उनीहरु माघ २० गते हिउँ खेल्न भन्दै धार्चे गाउँपालिकास्थित लाप्राक हिँडेका थिए। फर्केर नआएपछि स्थानीय र आफन्त सोही दिन खोज्न हिँडेका रहेछन्। आफन्तले प्रहरीलाई भने तीन दिनपछि मात्रै खबर गरेका थिए। आफन्तले उजुरी दिनासाथ प्रहरीले उनीहरूको खोजी थालेको थियो।

घरमा र बाटोमा साथीहरूलाई भेट्दा पनि उनीहरूले आफूहरु लाप्राक हिउँ खेल्न जाने भनेको र फोनको लोकेसन पनि सोही स्थानमा देखाएको आधारमा प्रहरीले उनीहरूको खोजी गरेको थियो।

प्रकाशित: Feb 14, 2022| 11:30 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।