बिहीबार, असार ११, २०८३

सुकेटार विमानस्थल पुनः सञ्चालनमा

मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार उडान भएको नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८
National life
Shivam cement

ताप्लेजुङ- मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ। भारी हिमपात र प्रतिकूल मौसमका कारण सो विमानस्थलमा दुई सातादेखि हवाई उडान हुन सकेको थिएन।   

मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार  उडान भएको नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए। विगमका जहाजले काठमाडौंबाट १४ यात्रु ताप्लेजुङ आइपुगेको छ, भने ताप्लेजुङबाट १७ यात्रु लिएर जहाज काठमाडौं पुगेको उनले बताए।

विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएका कारण उडान तालिकाअनुसार निरन्तर चार पटक उडान रद्द भएको थियो। निगमले  सो विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान भर्दै आएको छ। रासस

प्रकाशित: Feb 14, 2022| 10:45 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।