शनिबार, साउन ३०, २०८३

चिर्पटले हानेर ७० वर्षीया आमाको हत्या

उर्लाबारी नगरपालिका-४ का ३५ वर्षीय गंगाप्रसाद भण्डारीले घरायसी विवादमा ७० वर्षीया आमा चन्द्रमाया भण्डारीको चिर्पट प्रहार गरी हत्या गरेका हुन्।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

विराटनगर- दाउराको चिर्पटले हानेर मोरङको उर्लाबारीमा एक जनाले आमाको हत्या गरेका छन्। उर्लाबारी नगरपालिका-४ का ३५ वर्षीय गंगाप्रसाद भण्डारीले घरायसी विवादमा ७० वर्षीया आमा चन्द्रमाया भण्डारीको चिर्पट प्रहार गरी हत्या गरेका हुन्।

आमाको हत्यामा संलग्न भण्डारीलाई आइतबार राति इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले पक्राउ गरेको छ। 

छोराले दिउँसो ४:३५ बजेतिर चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएकी वृद्धाको राति मृत्यु भएको प्रहरीले जनाएको छ। वृद्धाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा राति १०:२५ बजे उपचारका क्रममा ज्यान गएको हो।

प्रकाशित: Feb 14, 2022| 09:43 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।