शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उत्तरी रसुवास्थित दालगाउँमा मोटर पुग्दा स्थानीय बासिन्दा हर्षित

उत्तरी रसुवास्थित दालगाउँमा मोटर पुग्दा स्थानीय बासिन्दा हर्षित

भिरालो जमिन भएका कारण वातावरणीय पक्षलाई विशेष ध्यान दिँदै आयोजनाको आफ्नै उपकरणले सडकको ट्रयाक खुलाएको थियो। अहिले गाउँमा हल्का सवारी साधन पुगेपछि स्थानीय बासिन्दा अत्यन्तै हर्षित भएका छन्।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

रसुवा- उत्तरी रसुवास्थित थुमन दालगाउँ सडक सञ्जालसँग जोडिएको छ। गाउँलाई सडक सञ्जालसँग जोड्न यहाँ निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले सहयोग गरेको थियो।   

आयोजना प्रभावित क्षेत्रभित्र बसोबास गर्ने बासिन्दालाई सडक मार्गको सुविधा पुर्‍याई उनीहरूको जीवनमा सुधार ल्याउने उद्देश्यले पाँच किलोमिटर सडक निर्माणमा गरिएको जनाइएको छ।  

भिरालो जमिन भएका कारण वातावरणीय पक्षलाई विशेष ध्यान दिँदै आयोजनाको आफ्नै उपकरणले सडकको ट्रयाक खुलाएको थियो। अहिले गाउँमा हल्का सवारी साधन पुगेपछि स्थानीय बासिन्दा अत्यन्तै हर्षित भएका छन्।

स्थानीयवासी बलबहादुर घलेका अनुसार सो सडकले गोसाइँकुण्ड गाउँपालिका-१ दालगाउँका ४६ घर परिवारलाई यातायातको पहुँच पुर्‍याएको छ। मोटरबाटो निर्माण गर्दा निस्किएको खुकुलो माटो जमेपछि टेवा पर्खाल र नालीसमेतको व्यवस्था हुनेमा आफूहरू आशावादी भएको दालगाउँका बासिन्दाले बताएका छन्।

यस्तै सो आयोजनाले गोसाइँकुण्ड-१ कै थुमनगाउँमा बसोबास गर्ने करिब ४०० घरपरिवारलाई समेत यातायातको पहुँच पुर्‍याउने काम सम्पन्न गरिसकेको छ। रोङ्गा खोला  मेन्दोगाङ, गोदेगाङ र तार्सा गाउँको बस्तीलाई समेत केन्द्रबिन्दु पार्दै थुमन गाउँमा ग्रामीण सडक निर्माण गरेको हो।

गाउँ  सडकसञ्जालसँग जोडिएपछि बिरामी अस्पताल लान, खाद्य सामग्री ल्याउन, समयअनुसार थुमनमा उत्पादित कृषिउपज ताजाताजै व्यापारिक केन्द्र पुर्‍याउन सजिलो भएको स्थानीय समाजसेवी लोप्साङ तामाङले जानकारी दिए। यातायातको सुविधासँगै अहिले अनेत्र जिल्लामा उत्पादन इँटासमेत निर्माणमा प्रयोग हुन थालिसकेको समाजसेवी उनले बताए। यसैगरी आयोजनाले थुमन गुम्बा निर्माण, ग्रामीण  विद्युतीकरणका साथै विविध सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएको छ।   रासस

प्रकाशित: Feb 14, 2022| 07:15 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।