शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महिला उद्यमीहरुद्वारा प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र प्रस्तुत

महिला उद्यमीहरुद्वारा प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र प्रस्तुत

देशका महिला उद्यमीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष महिला औद्योगिक पार्क स्थापना गरी महिला उद्यमशीलतालाई बढावा दिने साझा लक्ष्यसहितको संयुक्त ज्ञापनपत्र प्रस्तुत गरेका छन्।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं- देशका महिला उद्यमीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष महिला औद्योगिक पार्क स्थापना गरी महिला उद्यमशीलतालाई बढावा दिने साझा लक्ष्यसहितको संयुक्त ज्ञापनपत्र प्रस्तुत गरेका छन्।

दक्षिण एसियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजालसहितको प्रतिनिधिमण्डलले शनिबार प्रधानमन्त्रीलाई भेटेर सरकारले ७७ वटै जिल्लामा औद्योगिक ग्राम स्थापना गर्ने व्यवस्था गरेको तथा औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७५ मा महिला उद्यमी विशेष औद्योगिक ग्रामको प्रावधानअनुसार, 'महिला उद्यमीलाई उद्योगतर्फ  प्रोत्साहन गर्न महिला उद्यमीले मात्र उद्योग स्थापना गर्न पाउने व्यवस्था भए पनि त्यसको कार्यान्वयन गर्न अनुरोध गरेको हो।'

कार्यविधिमा ‘महिला उद्यमी विशेष औद्योगिक ग्राम घोषणा गर्न सक्नेछ’ उल्लेख भए पनि अहिलेसम्म त्यो घोषणा नगरिएकाले आफूहरूले संयुक्त ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष रिजालले बताइन्। 

प्रतिनिधिमण्डलले प्रथम महिला उद्यमी हरित औद्योगिक पार्कको घोषणा गर्न तथा त्यसको सफल कार्यान्वयनका लागि बजेट विनियोजन गर्नका साथै प्रतिनिधिमण्डलले छ वटै प्रदेशमा हरित महिला उद्यमशील औद्योगिक पार्क घोषणा गर्न पनि अनुरोध गरेको उनले बताए। 

दक्षिण एसियाली महिला विकास मञ्च, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकासँगको सहकार्यमा नेपालमा हरित औद्योगिक अवधारणालाई एकीकृतरूपमा जलवायु परिवर्तन अनुकूलन उपायहरू प्रबर्द्धन गर्न प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क सार्वजनिक–निजी साझेदारी ढाँचामा स्थापना भइरहेको र त्यसलाई ‘कृषि पर्यटन पार्क’ का रूपमा प्रवद्र्धन गरिने उनले बताइन्। 

सेवा क्षेत्रलाई पर्यटनमा केन्द्रित गरी कृषि खाद्य क्षेत्रसँग सम्बन्धित ५०–६० साना उद्योग स्थापना गरिने, आयोजनाको गुरुयोजना र विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र लैङ्गिक समानता र महिला आर्थिक समावेशीकरणलाई सहयोग गर्ने अध्यक्ष रिजालले जानकारी दिइन्। 

प्रतिनिधिमण्डलमा नेपाल महिला उद्यमी महासंघका वरिष्ठ उपाध्यक्ष शोभा ज्ञवाली, महिला उद्यमी विकास समितिका सभापति रिता सिम्हा, महिला उद्यमी मञ्चका संयोजक छाया शर्मा र महिला उद्यमी हरित औद्योगिक पार्क समितिका सभापति शारदा रिजाल थिए। 

प्रकाशित: Feb 13, 2022| 22:30 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।