शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विनाकसुर ४० वर्ष भारतमा जेल सजाय भोगेका दुर्गाप्रसादलाई ८ लाख राहत

विनाकसुर ४० वर्ष भारतमा जेल सजाय भोगेका दुर्गाप्रसादलाई ८ लाख राहत

काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी कोलकातास्थित नेपाली महावाणिज्य दूत ईश्वरराज पौडेलले सो रकम बराबरको चेक तिम्सिनालाई हस्तान्तरण गरेका हुन्। भारतको उच्च अदालत कोलकाताले गत मंसिर २१ गते शुक्रबार तिम्सिनालाई भारु रु पाँच लाख उपचारवापतको रकम दिलाउन पश्चिम बङ्गाल सरकारलाई आदेश दिएको थियो। सोही आदेशबमोजिमको रकम उनलाई हस्तान्तरण गरिएको महावाणिज्य दूत पौडेलले बताए।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

झापा- विनाकसुर करिब ४० वर्ष भारतीय जेलमा जीवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाले आइतबार नेपाली रु आठ लाख उपचार वापतको राहत रकम पाएका छन्। काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी कोलकातास्थित नेपाली महावाणिज्य दूत ईश्वरराज पौडेलले सो रकम बराबरको चेक तिम्सिनालाई हस्तान्तरण गरेका हुन्। भारतको उच्च अदालत कोलकाताले गत मंसिर २१ गते शुक्रबार तिम्सिनालाई भारु रु पाँच लाख उपचारवापतको रकम दिलाउन पश्चिम बङ्गाल सरकारलाई आदेश दिएको थियो। सोही आदेशबमोजिमको रकम उनलाई हस्तान्तरण गरिएको महावाणिज्य दूत पौडेलले बताए। 

उनले भने, 'यो क्षतिपूर्ति वापतको रकम होइन, लामो समय विनाकसुर जेल जीवन बिताउँदा उहाँ बिरामी पर्नुभएको छ। उपचारका लागि अदालतले उपलब्ध गराइदिएको रकम मात्र हो। क्षतिपूर्तिका लागि माग दाबी गर्ने अब बाटो खुलेको छ। प्रक्रियामा जाने तयारीमा छौँ।'

उनका अनुसार सो रकम हस्तान्तरण कार्यक्रममा दुर्गाप्रसादका परिवारका सदस्य तथा प्रदेशसभा सदस्य धीरेन्द्र शर्मा र भतिजा गोपाल तिम्सिनाको उपस्थित थिए। प्रमुख जिल्ला अधिकारी छविराज रिजाल, मेची भन्सार कार्यालयका प्रमुख केशवराज ओली, स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवीको पनि सो अवसरमा उपस्थिति रहेको थियो। 

इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मङ्गलबारे बजार गए पनि घर नआई सो पैसा लिएर भारतको दार्जिलिङ सहर पुगेका थिए। दार्जिलिङमा रहँदा उहाँलाई एक युवतीको हत्या आरोपमा जेल चलान गरिएको थियो। सो आरोप मिथ्या सावित भएपछि विसं २०७७ चैत ४ गते कोलकाता उच्च अदालतले दुर्गाप्रसादलाई रिहा गर्न आदेश दिएको थियो। उहाँ गत चैत ७ गते कोलकाताको दमदम कारागारबाट रिहा भएका थिए। 

उच्च अदालत, कोलकाताका वकिल हिरक सिन्हा, प्रदीप मण्डल, मलाई भट्टाचार्य र सुब्रज्योति घोषले दुर्गाप्रसादको न्यायको पक्षमा भन्दै निःशुल्क बहस गरेका थिए।


प्रकाशित: Feb 13, 2022| 22:10 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।