बुधबार, असार ३१, २०८३

पहिरोमा पुरिएर एकै घरका चारको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी-बझाङको खप्तड छान्ना गाउँपालिकामा पहिरोले पुरिएर एकै घरका चार जनाको मृत्यु भएको छ । 

केहीबेर अघि गाउँपालिका–६ बयानामा पहिरोबाट पुरिएर चार जनाको मृत्यु भएको छ । दुई बालक घाइते भएका छन् । 

स्थानीयका अनुसार पहिरोमा परिएर मृत्यु हुनेमा महिला स्वास्थ्य स्वंयमसेविका महेश्वरी थापा, उनका नाबालक छोरा कृष्ण थापा, उनकी सासु उज्जली थापा र  मंगल थापा छन् ।  घाइते हुनेमा मृतक थापाकै छोरा कवि थापा र ऋकेश थापा रहेका जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । 

स्थानीय सुर्दशन थापाका अनुसार बजारबाट घर फर्किने क्रममा पानी परेपछि ओत लाग्न सोही गाउँपालिकाको खलेगाडा भन्ने ठाउँको शिवमन्दीर क्षेत्रको चुनढुंगा भीरमा रहेकोे ओडारमा बसेका थिए । 

सोहि क्रममा ओडार भत्किएर उक्त घटना भएको हो । घट्नास्थलमा छान्ना प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट टोली गईसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ऋषीराम कँडेलले जानकारी दिए । छान्ना क्षेत्रमा बिहानैबाट पानी परिरहेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।