शनिबार, चैत २, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • न्यायालयभित्रको अराजकता अन्त्य गर्न महाभियोग उत्तम विकल्प : प्रचण्ड

न्यायालयभित्रको अराजकता अन्त्य गर्न महाभियोग उत्तम विकल्प : प्रचण्ड

न्यायालयमा अराजकता र बेथिति देखिनु देशकै लागि संकटको विषय रहेकोले महाभियोग नै सबैभन्दा उत्तम र वैधानिक विकल्प रहेको उनले बताए।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

जनकपुरधाम- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको अराजकता र बेथिति अन्त्य गर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव दर्ता गराइएको बताएका छन्। न्यायालयमा अराजकता र बेथिति देखिनु देशकै लागि संकटको विषय रहेकोले महाभियोग नै सबैभन्दा उत्तम र वैधानिक विकल्प रहेको उनले बताए। 

health

मधेश प्रदेशको राजधानी जनकपुरधाममा मधेश शहिद प्रतिष्ठानले आयोजना गरेको २७औं जनयुद्ध दिवस समारोहलाई सम्बोधनपछि संचारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानन्यायधीशले न्यायालयमा देखिएको समस्याको जड़ प्रधानन्याधीश नै रहेको र त्यसको सहज रुपमा निकास दिनका लागि गठबन्धनमै निर्णय गरेर महाअभियोगमा जानु परेको बताए। 

जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मधेशी जनताको हक अधिकारविरुद्ध अब कुनैपनि षडयन्त्र भए आउने दिनमा अझ शक्तिशाली आन्दोलन हुने चेतावनी दिएका छन्। उनले संघीय सरकारले पनि मधेशको अनुशरण गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले भने,‘मलाई अप्ठ्यारो पर्‍यो भने फेरि मधेशमै आएर शक्ति आर्जन गर्छु। मधेसको निम्ति तागत पनि लगाउँछु।’

अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्ध तोड्ने षडयन्त्र पहिलो दिनदेखि नै जारी रहेको र शान्ति सम्झौता तथा १२ बुँदे समझदारी मन नपराउने नेताहरु अहिले पनि त्यसविरुद्धमा लागेको आरोप समेत लगाए। ‘केही तत्वहरु गठबन्धन तोड्ने षडयन्त्रमा लागेका छन,’ उनले भने,‘तर,संविधानको रक्षा र त्यसको विकास, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवं राष्ट्रियताको रक्षा गर्ने मुलभूत उद्देश्यले निर्माण भएको गठबन्धन कुनै पनि शक्तिको ताकतले टुट्दैन।’

अध्यक्ष प्रचण्डले विगतमा जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनलाई दबाउने षडयन्त्रमा लागेका केही तत्वहरु अहिले पनि त्यस्तै गरिरहेको जिकिर गरे। उनले भने, ‘क्रान्तिप्रति जहिले पनि प्रतिक्रान्ति शक्ति नै हावी हुन्छ। हामीले अहिले पनि फाइनल गोल हान्‍न बाँकी छ।’

‘लामो संघर्षबाट प्राप्त भएको उपलब्धिलाई फेरि उल्ट्याउने षड्यन्त्र गरियो,’ उनले भने, ‘जसको परिणामस्वरुप संसद् विघटन गरिएको थियो। तर, जनताको बलिदानीबाट प्राप्त भएको अधिकार अन्ततः खोस्‍न दिइएन्। देशलाई अध्याँरो सुरुङ्‌मा फस्‍न दिइएन। परिवर्तन उल्ट्याउन दिइएन। प्रतिगमनलाई परास्त गर्न हामी अन्ततः सफल भयौं।’

अध्यक्ष प्रचण्डले जनताको जीवनमा नयाँ परिवर्तन ल्याउन क्रियाशील सबै राजनीतिक दललाई अगाडि बढनुपर्ने आवश्यकता रहेको समेत बताएका छन्।

माओवादीबाट मात्र मधेशले नयाँ आत्मसम्मान पाएको बताउँदै अध्यक्ष प्रचण्डले समावेशी समानुपातिक लोकतन्त्र माओवादी आन्दोलनको परिणाम रहेको दाबी समेत गरे। उनले माओवादी आन्दोलन उत्पीडित वर्ग, क्षेत्र, लिङ्‌ग र समुदायको मुक्तिका लागि भएको जिकिर गरेका छन्।

अध्यक्ष प्रचण्डले मधेश प्रदेश सरकारले विगत केही समयदेखि नयाँ सन्देश प्रवाह गरिरहेको भन्दै प्रदेश सरकारको खुलेर प्रशंसा समेत गरेका छन्। कार्यक्रममा मधेश प्रदेश सरकारले माओवादी सशस्त्र द्वन्द्वका क्रममा शहादत प्राप्त गरेका ३८ जना सहिद परिवारलाई एक लाख रुपैयाँका दरले आर्थिक सहयोग समेत गरेको छ। अध्यक्ष प्रचण्डले सहिद परिवारलाई उक्त रकम हस्तान्तरण गरे। सहिद परिवारहरूलाई तीन चरणमा तीन लाख रुपैयाँ दिने सरकारको योजना छ।

प्रकाशित: Feb 13, 2022| 18:23 आइतबार, फागुन १, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।