बुधबार, असोज १४, २०८३

सेयर बजारमा पहिरो, २७ सय अंकमा झर्‍यो नेप्से परिसूचक

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा पहिरो गएको छ।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा पहिरो गएको छ।

बिहान ११ बजे कारोबार सुरु भएलगत्तै घट्न थालेको सेयर बजार परिसूचक नेप्से ३ बजे कारोबार बन्दा हुँदासम्म १०१.२४ अंकले घटेर २७००.३२ अंकमा अडिएको छ। कारोबार सुरु भएको एक घण्टामै नेप्से ८२ अंकले घटिसकेको थियो। 

बैंकहरुले निक्षेपमा बढाएको ब्याजदरको प्रभाव नेप्सेमा देखिएको बजार विश्लेषकहरुले गरेका छन्। त्यसमाथि राजनीतिक वृत्तमा भएको हलचलको असर पनि सेयर बजारमा परेको हो। आज सबै उपसमूहको परिसूचक घटेको छ। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आज संसद् सचिवालयमा महाभियोग गर्दा भएपछि राजनीति तरंगित हुन पुगेको छ। 

आज बजारमा २२७ कम्पनीको १ करोड ६६ लाख १ हजार ६३९ कित्ता सेयर ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ रुपैयाँमा कारोबार भएको छ। 

प्रकाशित: Feb 13, 2022| 15:04 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्