बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाली चेलीको चरित्र हत्या गर्ने दुर्गा प्रसार्इँमाथि कारबाहीको माग

नेपाली चेलीको चरित्र हत्या गर्ने दुर्गा प्रसार्इँमाथि कारबाहीको माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
झापा- बंगलादेशमा एमबिबिएसको अध्ययनका लागि गएका नेपाली चलीबेटीहरुको चरित्र हत्या गर्नेगरी निन्दनीय अभिव्यक्ति दिने झापाको बिएण्डसि अस्पतालका सञ्चालक दुर्गा प्रसार्इमाथि कडा कारबाही गर्न माग गरिएको छ । प्रसार्इले बंगलादेशमा एमबिबिएस पढ्न गएका नेपाली चेलीलार्इ त्यहाँका चिकित्सकहरुले करणी गर्ने गरेको भन्‍ने आपत्तीजनक अभिव्यक्ति दिएका थिए ।  (प्रसार्इले के बोलेका थिए, हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्)

नेपाली मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले एक विज्ञप्ती जारी गरेर तथ्यहीन कुराहरु बोलेको भन्दै मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई कडा कारबाही गर्न माग गरेका छन् । 

एशोसिएशनका अध्यक्ष नविन यादवको हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘झापा स्थित बि एण्ड सिका सञ्चालक दुर्गा प्रसाईले मिडियामा बंगलादेशमा पढ्न गएका र पढेर आएका नेपाली चेली विद्यार्थीहरुलाई लक्षित गर्दै दिनु भएको अभिव्यक्तिको विरोध गर्दछौं ।’

विज्ञप्तीमा भनिएको छ,‘यस्ता अभिव्यक्तिले बंगलादेशमा अध्ययनरत हजारौं चेलीहरुलाई चोट परेको छ, वास्तविकता नबुझि मनगढन्ते तरिकाले आएका प्रसार्इँका अभिव्यक्तिप्रति आपत्ति प्रटक गर्दै सम्बन्धित निकायको ध्यानाकार्षण गर्दै सरकार समक्ष कारबाहीको लागि जोडदार माग गर्दछौं ।’

त्यसैगरी वर्ल्डवाइड नेप्लीज स्टुडेन्ड अर्गनाइजेसन बंगलादेशले पनि प्रसार्इको अभिव्यक्तिले उनीहरुको परिवारको मानसिकतामा मात्र असर पर्ने नभइ त्यहाँ गएका नेपाली चेलीहरुको चरित्रमा नै असर पुग्ने अभिव्यक्ति असहैय भएको जनाएको छ। 

विज्ञप्तीमा लेखिएको छ, ‘बंगलादेशको मेडिकल शिक्षाका विषयमा प्रसार्इले दिएका अभिव्यक्ति साँचो हुन भने तत्काल छानविन हुनुपर्ने तर यदी गलत र भ्रामत्मक भएमा उनलार्इ तत्काल कानुबमोजिम कारबाही गरिनुपर्ने बताइएको छ।

मेडिकल सञ्चालक प्रसाईले केही समय पहिले सार्वजनिक रुपमा बंगलादेशमा डाक्टर पढ्न गएका नेपाली केटीहरु ९ वर्षसम्म बस्छन्, त्यहाँ उनीहरु लुटिन्छन्, प्रोफेसरहरुले करणी गरेर राखेका हुन्छन्, अनशनरत डा.गोविन्द केसी बंगलादेशमा अनशन बसेर एमबिबिएस पास भएका हुन जस्ता विवादस्पद अभिव्यक्ति दिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।