बुटवल- बुटवलको ज्योतिनरमा स्कुल बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। बुटवल उपमहानगरपालिका-४ स्थित ज्योतिनगरमा आइतबार बिहान विद्यार्थी बोकेको एभेरेष्ट बोर्डिङ स्कुलको लु१क ५४४ नम्बरको बस दुर्घटना हुँदा १० जना घाइते भएका हुन्।
आठ जना विद्यार्थी, चालक र सहचालक गरी १० जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ।
घाइतेमध्ये तीन जना विद्यार्थी, चालक र सहचालकको अवस्था मध्यम रहेको र अन्य पाँच जना विद्यार्थीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।